पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् । खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास […]

सम्बन्धित सामग्री

क्रिकेट एक्सेलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको प्रायोजन

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई प्रवर्द्धन गर्दै आएको छ । यो सहकार्यले देशभरबाट थप क्रिकेटर उत्पादन गर्न मद्दत गर्नेछ ।’ पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले  क्रिकेटमा मात्र नभई नेपालको खेल क्षेत्रलाई सहयोग गरिरहेको बताए । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीको विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ । क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।