दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । य