सर्वोच्च अदालतमै प्रतिनिधिसभाको बहुमत प्रस्तुत, अब के होला ?

काठमाडौं । विपक्षी राजनीतिक दलहरुले शीतलनिवासमा पुगेर १४९ सांसदको बहुमत प्रस्तुत गर्दा राष्ट्रपतिले त्यसलाई मान्यता दिइनन् र खारेज गरिन् ।  अन्ततः दलहरुले सोमबार सर्वोच्च अदालतमा पुगेर १४६ जनाको बहुमत ‘शो’ गरेका छन् । अदालतले बहुमत हेरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरोस् भन्ने सांसदहरुको माग छ ।सर्वोच्च अदालतमै प्रतिनिधिसभाका बहुमत सांसद उपस्थित भएर बहुमत प्रस्तुत गरेको यो नेपालको इतिहासकै पहिलो दृश्य हो ।  सांसदहरुको मागका सम्बन्धमा अदालती का