एमालेलाई बहुमत आवश्यक छ : ओली

महेन्द्रनगर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । ‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ’, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’ विगतमा […]

सम्बन्धित सामग्री

अग्रगमनका लागि परिवर्तन आवश्यक छ : ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे।अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे

समृद्धिका लागि एमालेलाई बहुमत आवश्यक : ओली

एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपालका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । उनले एमालेबाहेकले देश बनाउन नसक्ने दाबीसमेत गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका...

गिरिबन्धुमा अनुसन्धान जरुरी छैन, सरकारले आवश्यक देखे गर्न सक्छ : ओली

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टि इस्टेटको जग्गा बिक्री प्रकरणबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् । यद्यपि सरकारले आवश्यक देखेमा अनुसन्धान गर्नसक्ने पनि उनले बताए । बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गिरिबन्धु टि इस्टेटमा पहिला कानुनबिना नै जग्गा दिएकामा […]

पार्टीभित्र मित्रता र एकता आवश्यक छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन्।...

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

काठमाडौँ,१२ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए । अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र […]

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ: केपी ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन्। श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए। अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने […]

चाडपर्वकाे संवर्द्धन गर्न आवश्यक छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वकाे महत्त्व फरक–फरक हुने भन्दै तिनकाे संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ ।  आज बिहीवार भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । आजको समय किंवदन्तीको नभइ तथ्य र तथ्याङ्कको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने उहाँकाे भनाइ थियाे । अध्यक्ष ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाउनुभएको हो । ...

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका […]

देउवाको सपथग्रहणमा ओली अनुपस्थित

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री जाने प्रचलन भएपनि ओलीले उक्त प्रचलनलाई तोडेका हुन्। ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै छन्।उनले सरकारी निवास भोलि मात्रै छोड्ने जनाइएको छ। जनादेशबाट नभई परमादेशबाट आएका प्रधानमन्त्रीको शपथग्रहणमा आफू सहभागी हुन आवश्यक नभएको ओलीले तर्क गरेको बुझिएको छ। ओली शपथग्रहणमा सहभागी नभए पनि संवैधान

ओली र नेपालबीच आजै वार्ता हुनसक्ने

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता हुनसक्ने बताईएको छ। कार्यदलको बैठकबाट निस्कने क्रममा कार्यदल सदस्य एवम् नेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि आज आवश्यक तयारी हुने बताए।उनले तयारीका क्रममा अध्यक्ष ओली र नेता नेपालबीच पनि भेट हुनसक्ने बताए। “आवश्यक परेको अवस्थामा दुई नेता पनि भेट्ने हुनसक्छ अथवा कार्यदलको तयारीस्वरुप पनि भेट्ने हुनसक्छ’, उनले भने।