जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ । जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो ।सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।  सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । सं

सम्बन्धित सामग्री

अन्ततः मुख्यमन्त्री जम्कट्टेलले जुटाए बहुमत

१५ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमतमा परेको २३ दिनपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएका छन् । २३ फागुनमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि बहुमत गुमाएका जम्कट्टेलले बिहीबार आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच लिखित सहमतिपछि प्रदेशसभामा बहुमत सदस्यको समर्थन जुटाएका हुन् । सरकारमा सहभागी भएको […]

एमालेलाई बहुमत आवश्यक छ : ओली

महेन्द्रनगर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । ‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ’, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’ विगतमा […]

नेकपा (बहुमत) द्वारा १५ दिने जागरण अभियान

नेपाल कम्युनिस्ट पार्टी बहुमत (नेकपा बहुमत) ले बिहीबारदेखि १५ दिने जनजागरण अभियान सुरु गरेको छ।

वामदेवले देखे काँग्रेसले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १४ असार । नयाँ पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् । उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए । ‘काँग्रेसले बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने देखेको छु,’ गौतमले पार्टी […]

भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको  बहुमत

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मंगलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य...

रसियामा पुटिनको पार्टीलाई बहुमत

रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए ।

रसियामा पुटिनको पार्टीलाई बहुमत

रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुग्यो: नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार (आज) बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन् । उनले भने, ‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो […]

सर्वोच्च अदालतमै प्रतिनिधिसभाको बहुमत प्रस्तुत, अब के होला ?

काठमाडौं । विपक्षी राजनीतिक दलहरुले शीतलनिवासमा पुगेर १४९ सांसदको बहुमत प्रस्तुत गर्दा राष्ट्रपतिले त्यसलाई मान्यता दिइनन् र खारेज गरिन् ।  अन्ततः दलहरुले सोमबार सर्वोच्च अदालतमा पुगेर १४६ जनाको बहुमत ‘शो’ गरेका छन् । अदालतले बहुमत हेरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरोस् भन्ने सांसदहरुको माग छ ।सर्वोच्च अदालतमै प्रतिनिधिसभाका बहुमत सांसद उपस्थित भएर बहुमत प्रस्तुत गरेको यो नेपालको इतिहासकै पहिलो दृश्य हो ।  सांसदहरुको मागका सम्बन्धमा अदालती का