एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका घटक दलहरू नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।११० सदस्यीय बागमती प्रदेशमा

यहीँ पुष २५ गतेसम्म बागमती प्रदेश मुख्यमन्त्रीको दाबी पेश गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि समयसीमा तोकिएको छ । यहीँ पुष २५ गते सोमबारसम्म दाबी पेश गर्न समयसीमा तोकिएको हो । मुख्यमन्त्रीको लागि बहुमतको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न सूचनामार्फत निर्देशन दिइएको छ । सूचनामा भनिएको छ, ‘बागमती प्रदेशमा मुख्यमन्त्री दाबीका लागि कुनै पनि […]

भागबन्डा मिलाउन बागमतीमा मन्त्रालय टुक्र्याएर १४ पुर्‍याइने

तीन दलको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले जम्बो मन्त्रिपरिषद् बनाउँदै छन् । ११ कार्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी)का लागि भागबन्डा...

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम

बागमतीमा पाण्डे मुख्यमन्त्री बन्दै, यी हुन् सम्भावित मन्त्री

मकवानपुर- एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।  अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको …

अल्पमतमा परेकी अष्टलक्ष्मीलाई अदालतको आश

भदौ २ गते नयाँ बानेश्वरको अर्याल होटलमा एमालेको विद्रोही पक्षले नयाँ पार्टी दर्ताको लागि कागजपत्र तयारी गरिरहँदा नेताहरूमाझ सनसनीपूर्ण सूचना फैलियो – अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछिन् । बागमती प्रदेशको मुख्यमन्त्री बन्नेबारे शाक्यले नेता माधवकुमार नेपालसँग परामर्श गरेकी भए पनि नेपालले यो सूचना आफ्नो समूहमा सर्कूलर गरेका थिएनन् ।  एमालेभित्र विवाद शुरू भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली विरोधी कित्तामा उभिएर सबैभन्दा चर्को विरोध गर्नेमध्ये अष्टलक्ष्मी सबैभन्दा अग्रस्थानमा थिइन् । एमालेमा र...

पद जोगाउन दौडधूपमै बित्यो अष्टलक्ष्मीको दुई साता

हेटौंडा :  नेपालको पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई साताभन्दा धेरै भयो। तीन सदस्य मन्त्रिमण्डलबाट सुरु भएको बागमती प्रदेश सरकार हाल दुई सदस्यमा खुम्चिएको छ। नयाँ सरकार गठन भएको दुई साता पुग्दा सरकारले पूर्णता पाउनुको साटो एमाले विभाजनले गर्दा सरकारमा भएको मन्त्री पनि बाहिरिएका छन् भने मुख्यमन्त्रीकै पद धरापमा पुगेको छ।एमाले विभाजनका बेला स्पष्ट चुनौतीलाई स्वीकार्दै शाक्य भदौ २ गते बागमती प्रदेशको म

इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल त

नयाँ पार्टी दर्तासम्म अधिकांश नेताले छाडे माधव नेपालको साथ

काठमाडौं : नेकपा (एमाले) विभाजित चरणमा पुग्दासम्म दोस्रो तहका अधिकांश नेताहरुले साथ छाडेका छन्। नेता नेपालले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ता गर्दैगर्दा दोस्रो तहका अधिकांश नेताहरुले नेता नेपाललाई साथ नदिएका हुन्। पार्टी विभाजनको विपक्षमा उभिएका तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन्। शाक्य आजै बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै छिन्। रावल र ज्ञवाली नयाँ पार्टीको गतिविधिमा देखिएका छैनन्। उनीहरु पार्टी फुटाउन नहु