काठमाडौं : नेकपा (एमाले) विभाजित चरणमा पुग्दासम्म दोस्रो तहका अधिकांश नेताहरुले साथ छाडेका छन्। नेता नेपालले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ता गर्दैगर्दा दोस्रो तहका अधिकांश नेताहरुले नेता नेपाललाई साथ नदिएका हुन्। पार्टी विभाजनको विपक्षमा उभिएका तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन्। शाक्य आजै बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै छिन्। रावल र ज्ञवाली नयाँ पार्टीको गतिविधिमा देखिएका छैनन्। उनीहरु पार्टी फुटाउन नहु