हेटौंडा : नेपालको पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई साताभन्दा धेरै भयो। तीन सदस्य मन्त्रिमण्डलबाट सुरु भएको बागमती प्रदेश सरकार हाल दुई सदस्यमा खुम्चिएको छ। नयाँ सरकार गठन भएको दुई साता पुग्दा सरकारले पूर्णता पाउनुको साटो एमाले विभाजनले गर्दा सरकारमा भएको मन्त्री पनि बाहिरिएका छन् भने मुख्यमन्त्रीकै पद धरापमा पुगेको छ।एमाले विभाजनका बेला स्पष्ट चुनौतीलाई स्वीकार्दै शाक्य भदौ २ गते बागमती प्रदेशको म