काठमाडौं : कोरोना महामारीका कारण झण्डै २ वर्ष निष्क्रिय रहेको नेपाली फिल्म उद्योग महामारीपछि कुन दिशातर्फ जाने हो भन्ने चासो सबैलाई थियो।अघिल्लो वर्ष असोजदेखि नै फिल्म हल खुले पनि फागुनदेखि मात्रै नेपाली फिल्म नियमित रुपमा प्रदर्शन भइरहेका छन्।जसमा व्यावसायिक रुपमा असफल फिल्मको सूची लामो छ। लगानी सुरक्षित गरेर मुनाफा कमाएका सबै फिल्म पहिलेका सफल फिल्मका सिक्वेल रहेका छन्। गत असोज २६ गते 'डाँडाको वर पिपल' प्रदर्शनमा आए पनि हलमा दर्शकको उपस्थिति भने देखिएन। पुस १६ मा प्रदर्श