माछापुच्छ्रे बैंकको १ करोड १२ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको ३ हजार कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ । सर्वसाधारणमा जारी भएको शेयर विक्रीका लागि यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गरिएको थियो । सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने छ । आवेदन विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

साविक ज्योति लाइफ इन्स्योरेन्सको ‘लक इन’ अवधि आजबाट सकिँदै

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आजबाट सकिँदैछ । ‘लक इन’ अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  साविकका ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार हुँदै आएको छ ।  साविकको ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेपछि संस्थापक र कर्मचारीको शेयर ‘लक इन’मा रहेको छ । अब आजबाट भने यो ‘लक इन’ अवधि समाप्त हुनेछ । हाल यसको कुल १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयर ‘लक इन’मा छ । जसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयर छ । यस्तै, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता शेयर पनि ‘लक इन’मा छ । यी शेयर अब नियमबमोजिम कारोबारयोग्य हुनेछन् ।

सिंगटी हाइड्रो इनर्जीको लक इन अवधि चैत २६ गते सकिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि चैत २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।

आफ्नो नामको शेयर बेचेर माछापुछ्रे बैंक छोड्दै महतो

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सुरेन्द्र महतोले शेयर बेचेर सो बैंक छोड्न खोजिरहेका छन् । महतोले संस्थापक शेयर धनीको स्वामित्वमा रहेको सेयर बेचेर बाहिरिन चाहेका हुन् । महतोले आफ्नो नाममा भएको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता शेयर बिक्री खुला गरेका छन् । माछापुछ्रेले एक सूचना जारी गर्दै शेयरको भाउ प्रतिकित्ता […]

एशियन लाईफ इन्स्योरेन्सको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत संस्था शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो । अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ । यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको हो ।  कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो । कम्पनीले परिमार्जन गरेको शेयर अनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले परिवर्तित शेयर संरचना अभिलेख गरेको छ । जसअनुसार नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५ दशमलव १७ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३ दशमलव १० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९७२ दशमलव ०७ कित्ता (४९ प्रतिशत) कायम भएको नेप्सेको आजको निर्णयअनुसार अभिलेख गरिएको छ ।

चन्द्रागिरी हिल्सको लक इन राखिएकाे शेयरकाे अवधि सकिदै

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको शेयरको लक इन अवधि माघ ८ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय वासिन्दाले लिएको शेयर र कम्पनीका कर्मचारीले लिएको शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक समुहको १ करोड ३५ लाख कित्ता शेयर, स्थानीयवासीको ३ लाख ६ हजार ८ सय १९ कित्ता र ६१ हजार ३ सय ६४ कित्ता शेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २ सय ५० कित्ता शेयरको लक इन अवधि खुल्ने भएको हो । लक इन अवधि खुलेपछि यी शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको छ । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले आजदेखि पुन: लिलाम गर्ने भएको हो । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले आज फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउनेछन्।कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यलयहरुबाट आबेदन फारम प्राप्त गरि उक्त फारम भरेर बुझाउन सक्नेछन। तर फागुन १५ गते कार्यलय समयभित्र आबेदन बुझाईसक्नुपर्नेछ। सेयरको न्युनतम मुल्य प्रति कित्ता एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मुल्य अंकित गरि बोलकबोल गर्नुपर्ने हुन्छ। त्यस्तै न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ।  एक व्यक्ति वा एउटा संस्थाले एक मात्र बोलपत्र पेश गर्न पाउनेछन्। आबेदन दिंदा न्युनतम एक सय कित्ता वा दशले भाग जाने संख्यामा आबेदन दिनुपर्नेछ। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । अब भने कम्पनीले न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाईसकेको छ।  यससंगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास छ । यद्यपि यसरी बिक्रि गरिएको शेयर भने संस्थापक शेयर नै कायम हुने छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई  ८ प्रतिशत बोनस सेयर र  ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अब नवीकरणीय उर्जामा पनि लगानी गर्ने भएको छ। जलविद्युतमा मात्र लगानी गरिरहेको कम्पनीले  नवीकरणीय उर्जामा पनि लगानी गर्ने गरि  प्रबन्धपत्र संशोधन गरिसकेको छ ।

बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर पुन: लिलाम गर्ने एचआईडिसीएलको निर्णय

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले हकप्रदमा तथा लिलाममा पनि बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर पुन: लिलाम गर्ने भएको छ । कम्पनीको आज माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । अब भने कम्पनीले न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाईसकेको छ ।संस्थापक शेयर बिक्रि गर्नको लागि कम्पनीले नियमावलीमा संशोधन गरिसकेको छ । कम्पनीले कम्पनीको नियमावलीको दफा १० लाई संशोधन गरेर ' शेयरधनीले कम्पनीको संस्थापक हुन कम्तिमा १ करोड कित्ता शेयर लिएको हुनु पर्ने छ । तर, कम्पनी संस्थापना भए पश्चात संस्थापक समूहको शेयर खरिद गर्ने शेयरधनीको हकमा सो सीमा लाग हुनेछैन ।' भन्ने शब्दावली राखेको छ।यस संगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास छ । यद्यपि यसरी बिक्रि गरिएको शेयर भने संस्थापक शेयर नै कायम हुने छ । कम्पनीले शेयर लिलाम सम्बन्धि सूचना छिट्टै प्रकाशन गर्ने जनाएको छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अब नवीकरणीय उर्जामा पनि लगानी गर्ने भएको छ। जलविद्युतमा मात्र लगानी गरिरहेको कम्पनीले नवीकरणीय उर्जामा पनि लगानी गर्ने गरि प्रबन्धपत्र संशोधन गरिसकेको छ । यो कम्पनी हालै मात्र कम्पनी नेपाल राष्ट्र बैंकको आंशिक नियमनमा गएको छ । राष्ट्र बैंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३(घ) वमोजिम एचआईडिसीएललाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रुपमा तोक्ने निर्णय गरेको हो।त्यस्तै राष्ट्र बैंकले सह-वित्तीयकरणमा एचआईडिसीएल पनि सहभागी हुन सक्ने गरि निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक फाइनान्सहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकवाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिगिटेडले (सम्बन्धित क्षेत्रमा) मात्र सह-वित्तीयकरणमा भाग लिन पाउने ब्यबस्था गरेको छ। कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई बैंकवाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त संस्था र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (सम्बन्धित क्षेत्रमा) अगुवा संस्था हुने गरी गठन हुने सह-वित्तीयकरण समूहमा सहभागी भै कर्जा प्रवाह गर्न सक्ने छन्।यस संगै एचआईडिसीएल राष्ट्र बैंकको आंशिक नियमनमा गएको छ। तर राष्ट्र बैंकको पूर्ण नियमनमा जाने एचआईडिसीएलको तयारी छ । नेपाल राष्ट्र बैङ्कको पूर्ण नियमन र सुपरीवेक्षणमा रहने गरी कम्पनीको संरचनागत तथा संस्थागत रूपान्तरण र विकास गर्ने कम्पनीको योजना छ।

एचआईडिसिएलको ७ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

कात्तिक २५, काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को ७ करोड ७० लाख कित्ता शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीका क्रममा वितरण भइसकेको उक्त शेयर नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत यो शेयर आइतवारदेखि कारोबारयोग्य हुनेछ भने सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री गरेको हो ।  उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो । त्यस अवधिमा विक्री खुला गरिएको संस्थापक तर्फका ३ करोड ३० लाख कित्ता शेयरमा भने आवेदन नपरेको विक्री प्रबन्धक ग्लाबेल आइएमई क्यापिटलले जानकारी दिएको छ ।  कम्पनीको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ करोड कित्ताको सीमाका कारण उक्त शेयर वितरणमा समस्या देखिएको हो । कम्पनीले सर्वसाधारणतर्फ न्यूनतम १०० र संस्थापकतर्फ १ करोड कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।  कम्पनीले नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक तर्फको लिलामी शेयरमा न्यूनतम १ करोड कित्ताको क्याप लगाएको जानकारी दिए पनि लगानीकर्ताहरुले भने साना लगानीकर्ताहरुको पहुँच माथि गएर न्यूनतम कित्ताको क्याप लगाएका आरोप लगाएका थिए ।  आगामी दिनमा प्रबन्धपत्रमा भएको व्यवस्था संशोधन गरेर संस्थापक शेयर विक्री गर्ने गरी वितरण भइसकेको शेयर कारोबारयोग्य बनाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।

किन पर्‍यो एचआईडीसीएलको शेयरमा उजुरी ?

संघका सचिव विनोद बजगाईं भन्छन्, ‘१ करोड कित्ता किन्नेलाई मात्र यो सुविधा दिँदा कम्पनी त घाटामा जान्छ नै, हामीजस्ता साना लगानीकर्ताको पनि पहुँचबाहिर जान्छ संस्थापक शेयर । यो लगानीकर्ताको हितविपरीत छ ।’