काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको शेयरको लक इन अवधि माघ ८ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय वासिन्दाले लिएको शेयर र कम्पनीका कर्मचारीले लिएको शेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीका अनुसार संस्थापक समुहको १ करोड ३५ लाख कित्ता शेयर, स्थानीयवासीको ३ लाख ६ हजार ८ सय १९ कित्ता र ६१ हजार ३ सय ६४ कित्ता शेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २ सय ५० कित्ता शेयरको लक इन अवधि खुल्ने भएको हो । लक इन अवधि खुलेपछि यी शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।