साविक ज्योति लाइफ इन्स्योरेन्सको ‘लक इन’ अवधि आजबाट सकिँदै

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आजबाट सकिँदैछ । ‘लक इन’ अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  साविकका ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार हुँदै आएको छ ।  साविकको ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेपछि संस्थापक र कर्मचारीको शेयर ‘लक इन’मा रहेको छ । अब आजबाट भने यो ‘लक इन’ अवधि समाप्त हुनेछ । हाल यसको कुल १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयर ‘लक इन’मा छ । जसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयर छ । यस्तै, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता शेयर पनि ‘लक इन’मा छ । यी शेयर अब नियमबमोजिम कारोबारयोग्य हुनेछन् । 

सम्बन्धित सामग्री

सूर्य ज्योति लाइफ इन्स्योरेन्स अब अझ बृहत्, सबल र विशाल हुने घोषणा

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौंमा एक विशेष समारोहका बीच सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्य ज्योतिले यही पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा पुनः हमाल

ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले हस्ताक्षर गरेका हुन् । यस […]

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ । १० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहे...

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।१० ह

ज्योति लाइफ इन्स्योरेन्सले जीवनबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिहरुका लागि जीवनबीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवनबीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई. अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवनबीमा अभिकर्ता तालिम संचालन गर्न लागेको जनाएको छ । तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेबसाइट www.jyotilife.com/trainning/ मा राखिएको जनाएको छ । अथवा इच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा...

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको छ

ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै, बोर्डले दियो स्वीकृति

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।