काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि चैत २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।