एशियन लाईफ इन्स्योरेन्सको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत संस्था शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो । अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ । यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको हो ।  कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो । कम्पनीले परिमार्जन गरेको शेयर अनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले परिवर्तित शेयर संरचना अभिलेख गरेको छ । जसअनुसार नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५ दशमलव १७ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३ दशमलव १० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९७२ दशमलव ०७ कित्ता (४९ प्रतिशत) कायम भएको नेप्सेको आजको निर्णयअनुसार अभिलेख गरिएको छ ।  

सम्बन्धित सामग्री

एशियन लाईफ इन्स्योरेन्सको लिलामी शेयर आजबाट विक्री खुला

वैशाख २६, काठमाडौं । महालक्ष्मी विकास बैंकले आइतवारदेखि आफ्नो स्वामित्वमा रहेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापन शेयर लिलामीमा विक्री खुला गरेको छ ।  बैंकले उक्त कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता रू. ६९८ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्  ।  आगामी जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनसक्नेछन् ।विक्री प्रबन्धकको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।