आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएलगत्तै उकालो लाग्न थालेको बजार त्यसपछि भने निरन्तर घटबढ गरेको हो । २८ सय ८० अंकबाट कारोबार सुरु भएको ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक २९ सय १२ अंकसम्म पुगेको थियो ।तर, त्यसपछि निरन्तरको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) मा ०.६२ अंकको गिरावट आएको हो । उक्त गिरावटसँगै नेप्से परिसूचक २८ सय ७५ अंकमा रोकिएको छ । यसक्रममा आज ७ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ४४ लाख क