अब बढ्ला सेयर बजार ?

काठमाडौं– दशैं सुरू भएसँगै बढ्न थालेको सेयर बजारमा बिहीबार भने सामान्य ‘करेक्सन’ भएको छ । साताको पहिलो दिन सार्वजनिक बिदा रहेकाले सोमबारदेखि बजारमा कारोबार भएको थियो । सोमबार बजारमा गिरावट आए पनि मंगलबार र बुधबार भने क्रमशः परिसूचक बढेको थियो । सोमबार १८५१.४ विन्दुमा झरेको नेप्से मंगलबार १८६४.६२ र बुधबार १९०७.९० विन्दुमा पुगेको थियो । […]