सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ । चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खा

सम्बन्धित सामग्री

नेप्सेसँग खुम्चियो कारोबार रकम

बुधबार पनि सेयर बजार घटेको छ। आज सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार तीन अर्ब ११ करोड ३५...

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ३ अर्ब बढी

काठमाडौं। मंगलबार सेयर बजार घटेको छ। ३.०३ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २०६१ विन्दुमा आएर बन्द भएको छ। परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकम भने बढेको नेप्सेले देखाएको छ। नेप्सेका अनुसार आज बजारमा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख बढीको कारोबार भएको छ।

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ८२ करोडभन्दा माथि

२७ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार ४.१५ अंकले बढ्यो । बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने बिहीबार समेत बढ्न सकेन । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर […]

नेप्सेसँगै कारोबार रकम पनि घट्यो, लगानीकर्तामा निराशा बढ्दो

बुधबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक सात दशमलव १९ अंकले घटेर दुई हजार एक सय तीस दशमलव ७३ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्ग...

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम पनि घट्यो

२ चैत, काठमाडौं । चैत महिनाको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलव ३२ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब […]

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा ६.३७ अंकको वृद्धि, कारोबार रकम उत्साहजनक

६ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ६.३७ अंकको वृद्धि भएको छ । वृद्धि सामान्य भए पनि कारोबार रकम भने आज पनि उत्साहजनक देखिएको छ । साताको अन्तिम कारोबार दिन बैंक, विकास बैंक, वित्त, अन्य र म्यूचअल फण्ड परिसूचकमात्र हरियो रहे । अन्य परिसूचक भने घटेका छन् । यद्यपि समग्र नेप्सेमा भने वृद्धि […]