सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कारोबार रोक्का

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी आपसमा मर्जरमा जाने भएसँगै धितोपत्र बजार यी कम्पनीहरूको सेयर कारोबार रोक्का भएको हो । असार २७ गते सिद्धार्थ र प्रिमियरबीच मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सकिएपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ ।बिमा समितिको गत चैत १० गतेको निर्देशनपछि बीमा कम्पनीहरू पनि उपयुक्त पार्टनर खोज्न र मर्जरमा जान दबाबमा छन्

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई गत फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । मर्जपछि बनेको कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको हो ।मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा चैत २० गते सूचीकृत भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।

मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ बराबर १ को अनुपामा मर्ज भएपश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको शेयर सूचीकरण खारेज भएको पनि जनाएको छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधबारेदखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ […]

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार बुधवारदेखि

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । यी दुवै कम्पनीले एकीकृत कारोबार गर्नेसम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखी शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेका छन् । पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिकाबमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स गाभिने

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच एक आपसमा गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चाल