मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ बराबर १ को अनुपामा मर्ज भएपश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको शेयर सूचीकरण खारेज भएको पनि जनाएको छ ।  

सम्बन्धित सामग्री