सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधबारेदखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ […]

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई गत फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । मर्जपछि बनेको कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको हो ।मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा चैत २० गते सूचीकृत भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

मर्जरपछि सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको मर्जरपश्चात बिहीबारदेखि एकीकृत कारोबार सुरु भएको छ । सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद  सिलवालले एक  समारोहका बीच एकीकृत कारोबारको सुरुवात गरे ।

सिद्धार्थ–प्रिमियर एकीकृत कारोबार शुरू

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधवारदेखि एकीकृत कारोबार शुरू भएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । दुवै बीमा कम्पनी एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँभन्दा पुगेको छ । यस्तै बीमा कोषमा २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको कुल सम्पत्ति १० अर्ब २५ करोड रुपैयाँ छ भने बजार पूँजीकरण १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बीमालेख संख्या ४ लाख १७ हजार १८२ रहेको छ । गत असार २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका यी कम्पनीले करीब आठ महीनामा मर्जर प्रक्रिया सम्पन्न गरेका हुन् । यी दुई कम्पनीले मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते अन्तिम स्वीकृति प्राप्त गरेका थिए । मर्जरपछि बनेको नयाँ कम्पनीमा नयाँ सञ्चालक समितिसमेत गठन भएको छ । कम्पनीमा सुरेशलाल श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । समितिका सञ्चालकहरूमा पवनकुमार अग्रवाल, राजनकुमार श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वरप्रसाद बस्याल छन् । फागुन १७ गते बिहान बसेको सञ्चालक समितिको प्रथम बैठकले सुरेशलाल श्रेष्ठलाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको जानकारी कम्पनीले गराएको छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्। दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो । बीमा प्राधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ […]

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार बुधवारदेखि

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । यी दुवै कम्पनीले एकीकृत कारोबार गर्नेसम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखी शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेका छन् । पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिकाबमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।