सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स गाभिने

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच एक आपसमा गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चाल

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई गत फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । मर्जपछि बनेको कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको हो ।मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा चैत २० गते सूचीकृत भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।

मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ बराबर १ को अनुपामा मर्ज भएपश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको शेयर सूचीकरण खारेज भएको पनि जनाएको छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधबारेदखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ […]

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार बुधवारदेखि

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । यी दुवै कम्पनीले एकीकृत कारोबार गर्नेसम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखी शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेका छन् । पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिकाबमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।दुवै कम्पनीको १ः१ को अनुपातमा स्वाप रेसियो कायम हुने प्रारम्भिक सहमति भएको छ । यी कम्पनीहरूको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) रिपोर्टले स्वाप रेसियो तय गर्नेछ ।मर्जर सम्झौता भएसँगै यी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का […]

एमालेले बहिष्कार गर्‍यो लेखा समिति बैठक

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ।रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्।सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड मर्ज हुने भएको छ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्ज हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने भएको छ । दुबै कम्पनीले एकापसमा गाभ्ने/गाभिने कार्यका लागि प्रारम्भिक सम्झौता गरेका छन् । सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्झौता गरेका छन् । पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय कम्पनी र बीमा कम्पनीहरु मर्जरमा जाने होड नै चलेको छ […]

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने

२७ असार, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले बताए । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेनसका तर्फबाट रतनलाल केडिया र पि्रमीयर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । […]