भदौ ३१ गतेसम्म निषेधाज्ञा थपियो

तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो ।     कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी...

सम्बन्धित सामग्री

रूपन्देहीमा ३१ भदौसम्म निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ ।  वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको  छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो । डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए   ।

भदौ १६ सम्म थपियो काठमाडौं उपत्यकाको निषेधाज्ञा, कुन क्षेत्रमा निषेध कायमै?

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले पूरानै निषेधलाई कायमै राख्दै निषेधाज्ञा थप गरेको हो। यसअघिको निषेधाज्ञा भदौ ८ गते राति १२ बजे सकिँदैथ्यो। निषेध आदेशमा विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर र तालिम केन्द्रसहितका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने व्यवस्था कायमै राखिएको […]

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

डोटीमा एक महिना थपियो निषेधाज्ञा

१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]

सुर्खेतमा भदौ ७ गतेसम्म थपियो निषेधाज्ञा

सुर्खेत जिल्लामा यथास्थितिमा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनाएको हो। कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइनेछ।यस्तै सबै तहका प

मकवानपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा थपियो

मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ ।  आज आइतबार बसेको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।उक्त निर्णय साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि गत साउन २३ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले साउन ३२ गतेसम्मका लागि निष

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ […]