संक्रमणले अस्तव्यस्त पर्सा, निषेधाज्ञा अघि र पछि (तस्बिरमा)

पर्सा : कोरोना दोस्रो लहरको हटस्पट बनेको पर्सामा बिहीबारबाट निषेधाज्ञा लगाइएको छ।अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा आगामी वैशाख २२ गते राति १२ बजेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। दोस्रो लहरको कोरोनाले दिनको ५ जनासम्म संक्रमितको मृत्यु हुन थालेपछि स्थानीय प्रशासन पनि कडा रुपमा प्रस्तुत भएको हो।   वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका पर्सा, बारा, रौतहट र सर्लाहीका संक्रमितमध्ये दुई दिनदेखि दैनिक ५ जनाको मृत्यु भइरहेको थियो। दोस्रो लहरमा मात्र अहिलेसम्म यो