तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्र
बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो साता तरकारी महँगो हुनुुको मुख्य कारण आयात नियमित नहुनुु नै भएको बताउनुुभयो । उहाँले भन्नुुभयो, तरकारी बजारमा नआएको होइन आएको छ तर बिहान आउनुपर्ने तरकारी बेलुुका आउँछ जसले गर्दा कतिपय तरकारी कुुहिएर फाल्नुुपरेको पनि छ । यसले गर्दा पनि महँगो भएको छ ।
निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको आचार्यले बताउनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।
समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।
गोलभेँडा भने प्रतिकेजी २५/३