महँगियो तरकारी

“कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा किन महँगियो तरकारी ?

बाढीपहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौं आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ ।

काठमाडौंमा किन महँगियो तरकारी ?

बाढीपहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौं आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ ।

महँगियो तरकारी

काठमाडौं- हरियो तरकारीको मूल्य अचाक्ली महँगिएको छ । तरकारीको भाउ बढेपछि सर्वसाधारणको भान्सासमेत महँगो भएको छ । तरकारीमा सस्तो बन्दा र मुलासमेतको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असोज २ को मूल्य सूचीअनुसार बन्दा प्रतिकिलो थोक मूल्य नै ६६ रुपैयाँमा बिक्री भएको छ । गत वर्ष यही बेला बन्दा १२ […]

महँगियो तरकारी

काठमाडौं, असार २६। “कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई […]

१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

महँगियो तरकारी

दुई सातायता हरियो तरकारी महँगिएको छ । तरकारी भाउ बढेसँगै आमउपभोक्ता मर्कामा परेका छन् । उपत्यकावासीको मागअनुसार तरकारी आपूर्ति हुन नसक्दा भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार एक सय टन तरकारी भित्रिने गरेकोमा अहिले घटेर ६०० टनमा सीमित हुँदा मूल्यबढेको हो । उपभोक्ताको मागअनुसारको गुुणस्तर र मूल्यको तरकारी नआउँदा व्यापारी पनि समस्या छन् । कालीमाटी थोक व्यापार संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले केही दिनदेखि बजारमा महँगो मूल्यको कम तरकारी आपूर्ति भएकाले आफूहरूलाई बिक्री गर्नसमेत समस्या भएको बताउनुभयो ।

वर्षाले महँगियो तरकारी

हिउँदे वर्षाले तरकारी खेतीमा क्षति पुर्‍याएपछि तरकारीको मूल्य अकासिएको छ । दुई साताको अवधिमा तरकारीको मूल्य दोब्बरले महँगिएको हो । महेन्द्रनगस्थित सब्जिमण्डीमा तरकारी किन्न आएका उपभोक्ताले केही दिनकै बीचमा सबैजसो तरकारीको मूल्य बढेको बताए ।

ढुवानी ठप्प हुँदा बागलुङमा महँगियो तरकारी तथा फलफूल

भदौ २३, बागलुङ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीवारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन । व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नु परेकाले मूल्य बढाउनु परेको बताउँछन् ।  स्थानीय किसानबाट खरीद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उनीहरुको गुनासो छ । एक साता अघि रू. ६० पर्ने गोलभेँडा अहिले रू. १२० मा खरीद गर्नु परिरहेको व्यवसायी नारायण सुवेदीले बताए ।  ‘स्थानीय उत्पादन न्यून भएकाले खरीद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ’, उनले भने । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मूल्य नपाएको व्यवसायी बताउँछन् ।  वर्षायाम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहे अनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोट हुँदै फलफूल ढुवानी गर्नु परिरहेकाले दोब्बर भाडा तिर्नु परिरहेको बताउँछन् । एक किलो स्याउ रू. तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताए । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रू. १५० थियो ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढंगले मूल्य लिन नपाउने बताउँछन् । आजैदेखि बजार अनुगमन थालिएको उनको भनाइ छ । ‘अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ’, विकले भने । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् । चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी/फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ । रासस

महँगियो तरकारी

तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्र बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो साता तरकारी महँगो हुनुुको मुख्य कारण आयात नियमित नहुनुु नै भएको बताउनुुभयो । उहाँले भन्नुुभयो, तरकारी बजारमा नआएको होइन आएको छ तर बिहान आउनुपर्ने तरकारी बेलुुका आउँछ जसले गर्दा कतिपय तरकारी कुुहिएर फाल्नुुपरेको पनि छ । यसले गर्दा पनि महँगो भएको छ । निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको आचार्यले बताउनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ । गोलभेँडा भने प्रतिकेजी २५/३

हाटबजार सञ्चालन नहुँदा कैलालीमा महँगियो तरकारी

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन विक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारीको मूल्य चर्को रूपमा बढेको हो । कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । ‘यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन,’ किसान शम्भु चौधरीले भने, ‘यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायत तरकारीको मूल्य प्रतिकेजी रू. १०० भन्दा माथि छ ।’ स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । ‘साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन्थ्यो, तरकारी विक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन,’ अर्का किसान रमेश धामीले भने, ‘मूल्य नपाइने भएपछि सम्भव भएजति गाउँमै विक्री गर्छौं, बाँकी बारीमै सड्छ । बजारका विक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन् ।’ वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । ‘काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायत तरकारीले बजार नपाएर बारीमै नष्ट गर्‍यौं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ,’ उनले भने । जिल्लामा यो सिजनमा तरकारी मात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्को सिजनमा स्थानीयस्तरमा तरकारी उत्पादन कम भएर अन्य जिल्लाबाट आउने हुँदा मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए । अन्य मौसममा सबै किसानले तरकारी उत्पादन गर्ने गरे तापनि वर्षात्मा व्यावसायिक किसानले मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ । जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आउने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए । रासस