काठमाडौं, असार ७ । नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्रि भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४ सय १२ दर्शकले अवलोकन गरेका हुन् । संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालय खुलेपछि पहिलोपटक यति धेरै संख्यामा अवलोकन गर्नेको भीड भएको बताए […]