काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी दरबार बाहिर जनप्रदर्शनमा सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भएपछि प्रचण्ड-नेपाल समूहले जनप्रदर्शन गरेको थियो। त्यसलाई काउन्टर दिँदै ओली समूहले 'जनप्रदर्शन कस्तो हुन्छ देखाउँछु' भन्दै शुक्रबारको सभा आयोजना गरेको हो।
शुक्रबारको सभाका लागि अहिले नारायणहिटी संग्रहालय बाहिर मञ्च बनाउने…