अवैध उत्खननले निम्त्याएको कमला नदीको बाढी

जनकपुरधाम । मौसम सफा छ । चर्को घाम । छेउमै खोला बगिरहेको छ । खोलामा पानीको बहाव केही कम छ । पानीको भेलले बाँधमा ठक्कर दिइरहेको छ । तीन सय मिटर बाँध भत्किसकेको छ । बाँध छेउकै करिब दश बिघा जमिन बाढीले कटान गरिसकेको छ । बाँध भत्किसकेको ठाउँमा मजदुरहरूले...

सम्बन्धित सामग्री

गृहमन्त्री खाँणसहितको टोलीले गर्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम : गृहमन्त्री बाकृष्ण खाँणले धनुषामा कमला नदीको बाढीले गरेको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन्।धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपालचोक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्चस्तरीय समितिसहित गृहमन्त्री खाँणले निरीक्षण गरेका हुन्।हेलिकप्टरबाट धनुषा आइपुगेका खाँणसहितको टोलीले धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढंगबाट अघि बढाइने बताए। उनले स्थानीयबासीबाट तटबन्धका कार्यक्रम व्

आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ । ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’ देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमाप...

बाँध भत्काएर खेतमा पस्यो कमलाको बाढी

कमला नदीको बाढीले धान खेत कटान गर्न थालेको छ । धनुषातर्फको बाँध कटान गरी बाढी खेतमा पसेको हो ।  किरतपुरनजिकको बाँध बचाउने प्रयास हुँदाहुँदै बाढीले क्षति पुर्‍याएको कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका इन्जिनियर गुदरी यादवले बताए ।

कमला बाढी : ६ सय मिटरभन्दा बढी बाँध कटान, गाउँ डुबान

जनकपुधाम : सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण धनुषा भएर बग्ने कमला नदीमा आएको बाढीले किरतपुरमा पश्चिमतर्फको ६ सय मिटरभन्दा बढी बाँध कटान गरेको छ भने बाँध नै सबै भत्काउने खतरा बढेको छ।सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो।धनुषातर्फ किरतपुर र ढोलबज्जामा कमलाको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। अर्थ मन्त्रालय

कमला नदीले खतराको तह पार गर्‍यो, तराईका जिल्ला डुबानमा पर्नसक्ने

काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो । कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । लगातार वर्षा भइरहेकाले राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा […]