जनकपुधाम : सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण धनुषा भएर बग्ने कमला नदीमा आएको बाढीले किरतपुरमा पश्चिमतर्फको ६ सय मिटरभन्दा बढी बाँध कटान गरेको छ भने बाँध नै सबै भत्काउने खतरा बढेको छ।सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो।धनुषातर्फ किरतपुर र ढोलबज्जामा कमलाको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। अर्थ मन्त्रालय