बागमती नदीको बहाव खतराभन्दा माथिः कमला र कन्काइ सतर्कता तहमा, तराईका जिल्लामा सतर्कता अपनाउन आग्रह :: Pahilopost.com

काठमाडौँः निरन्तरको वर्षाको कारण देशका विभिन्न देशहरूमा जल सतह बढ्ने क्रम जारी छ। जल सतह बढ्दै जाँदा बस्ती जोखिमको सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान शाखाले शुक्रवार बिहान विशेष सूचना जारी गर्दै धनुषा, सिरहा लगायतका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता

सम्बन्धित सामग्री

देशका विभिन्न ठाउँमा भारी वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित

बिहिबारसम्म नै भारी वर्षा हुने, आज र भोली यी जिल्लामा बाढीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। सो को प्रभावको कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।विभागका अनुसार आज बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। बिहिबार राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आगामी २४ घण्टा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले सबैमा अनुरोध गरेको छ।बाढी पूर्वानुमान विभागले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बड्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। आज र भोलि नारायणी र यसका सहायक नदीहरु सेती, कालिगण्डकी, मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज र भोली कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज प्रदेश १ को झापा, मोरंग, सुनसरी, ईलाम, धनकुटा, उदयपुर, पाँचथर, तहथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे पलान्चोक, मकवानपुर, सिन्धुली ; मधेश प्रदेशको सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी (व.सु.पू), लमजुङ, तनहूं, कास्की, पर्वत, बागलुङ, लुम्बिनी प्रवेशको नवलपरासी (व.सु.प.), पाल्पा, रूपन्देही कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा,बझाङ, वैतडी, दार्चुला र आसपास भई वहने अधिकांश स-साना नवीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

देशभर वर्षा‚ आज यी नदीमा बाढीको जोखिम

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आस

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

सोमवार कोशीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीमा बहाव बढ्ने विभागले जनाएको हो । यस्तै मझौला नदीहरु कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा बहाव बढ्नेछ । विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागको भनाइ छ । विभागले उक्त नदीहरुका  तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यी नदीमा आज आकस्मिक बहाव बढ्ने, बाढीको खतरा

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीमा बहाव बढ्ने भएकाले बाढीको खतरा रहेको जनाएको छ । बुधवार बिहान एक सूचना जारी गर्दै महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले जनाएको छ, ‘आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाइराखौ ।’

आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा मध्यम तथा भारी वर्षा भई बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दी यी नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केही बढ्ने जनाएको हो । महाशाखाले केही साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान रहेको भन्दै तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कन्काई, कोशी, कमला तथा बाग्मती नदीमा बहाव बढ्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज मुलुकका विभिन्न स्थानमा मध्यम तथा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।  भारी वर्षाका कारण कन्काई, कोशी, कमला तथा बाग्मती जलाधारका केही सहायक नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार, केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।  महाशाखाले भनेको छ, आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाव केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने देखिएको छ ।  महाशाखाले बाढी...

बाढीको पूर्वानुमान‚ नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखा

मेलम्ची खानेपानीले दुई नदीको बहाव बढ्न सक्ने

यही असार १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्ने क्रममा बागमती, मेलम्ची, सिन्धु र ग्याल्थुम खोलामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । १ असारदेखि सुरुङ परीक्षणको काम सुरुवात गरिने भएकाले खानेपानी उपभोक्ताका लागि भने […]