कमला नदीको बाढीले धान खेत कटान गर्न थालेको छ । धनुषातर्फको बाँध कटान गरी बाढी खेतमा पसेको हो । किरतपुरनजिकको बाँध बचाउने प्रयास हुँदाहुँदै बाढीले क्षति पुर्याएको कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका इन्जिनियर गुदरी यादवले बताए ।
काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]
काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ । बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ । बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । […]
काठमाडौं। भाइरल ज्वारोको कारण राप्ती गाउँपालिकामा विद्यालय बन्द गरिएको छ। बिहानैदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। वर्षाको कारण सप्तकोसीको बाँध फुटेर गाउँमा बाढी पसेको छ। साउन मसान्तसम्म कक्षा ११को भर्ना गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ। श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ।
सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा कटान थालेको छ । नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसंग छलफल गरिएको हो ।गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।
काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]
१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएकाे बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ । उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर […]
काठमाडौं : मंगलवार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ। त्यस्तै जोशीपुर गाउँपालिका-३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्।
कान्द्रा नदीको बाढीले स्थानीयवासीका घरमा…
जुम्ला । केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् । तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ । दुई दिनदेखि […]
The post मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.