आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ । ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’ देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमाप...

सम्बन्धित सामग्री

सर्लाही, रौतहट र सिन्धुली भएर बग्‍ने नदीमा बाढीको उच्च खतरा, सतर्क रहन आग्रह

सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीमा बाढी आउने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

कर्णाली र बबई नदीमा जल सतह खतराको तह भन्दा माथि

काठमाडौं । कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरेको छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको महाशाखाले […]

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थाल...

बाढीको बितण्डाः सतर्क हुनुपर्ने कहाँ

काठमाडौं, २ असार । देशका विभिन्न स्थानमा बाढीले बितण्डा मच्चाएको छ । मानवीय एवं भौतिक क्षति भएको छ । मनाङ, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाहरुमा बढी क्षति पुगेको छ । हिजो राति जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेकोमा अहिले घट्दै गएको बाढी सूचना केन्द्रले जनाएको छ । हिजो त्यहाँ उच्च सतर्कता अपनाउन […]

आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।

बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बा(ँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

धोविखोलामा बाढीकाे खतरा,सतर्क रहन अाग्रह

काठमाडाैं - आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्बस बादलसहित ठूलो वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ । वर्षासँगै विष्णुमति र धोविखोलमा आकस्मिक बाढीको सम्भावना रहेको र बेलुकी ५ बजे पछि तटीय क्षेत्रमा सावध...

पूर्व तथा मध्य तराईका नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौं, साउन २६ – पूर्वको झापाबाट मध्य तराईको बारासम्मका नदीमा बिहीबार बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्...