राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्यांकन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय सतहमा अन्य कुरा देखिए पनि कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै अहिलेको मुख्य विवाद भएको विश्लेषण गर्छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्छ भन्ने कुरामा विश्वास राख्ने उपाध्याय त्यसपछि वैकल्पिक सरकार बन्न नसकेमा मुलुक फेरि अनिश्चयमा फस्ने विश्लेषण गर्छन् ।
मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, नेपालमा बाह्य हस्तक्षेप बढेको भनेर निकालेको विज्ञप्ति र नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे लोकान्तरका लागि सुशील पन्तले ...