भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालको पानी कुटनीतिका लागि सशक्त आधार रहेपनि त्यसको प्रयोग गर्न नसकिएको बताएका छन् । द्धारिकानाथ ढुंगेलद्वारा लिखित चक्रव्यूहमा नेपालको जलश्रोत नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उपाध्यायले जलको बहुउपयोग उपयोग नै समृद्धिको आधार हुनुपर्ने बताए । ‘तर हामीले त्यसलाई कहिल्यै ध्यान दिन सकेनौ । भारतले एकतर्फी रोकेर अर्घेल्याइँ गरेर आफ्नो अनुकूल तटबन्धको नाममा, सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोकेको छ’, उपाध्यायको भनाई छ