काठमाडौं, १८ चैत । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सीमा विवाद र पानीको बहुउपयोगबारे स्पष्ट कुरा राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “नेपाल र भारतको सम्बन्धमा इतिहास, संस्कृति र सभ्यताको विरासत छ । दुई देशबीचको सम्बन्धमा रहेका अब […]