मुलुकको राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्याङ्कन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीका कारण मुलुक ध्रुवीकरणमा जाने खतरा रहेको विश्लेषण गर्छन् । प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुनःस्थापित संसद् चल्न नसकेकाले चुनावले निकास दिने उनको विश्वास छ ।
अहिलेको अवस्था आउनुमा कांग्रेस नेतृत्वको नालायकी पनि कारण रहेको बताउने उपाध्यायको धारणा निकासका लागि पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने छ । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, नेपालमा एमसीसीको वि...