काठमाडौं, कात्तिक २ । प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्। बिनाघोषणापत्र जनताबीच पुगेका उम्मेदवारले आफूले जितेपछि बाटोघाटो बनाइदिने, ट्राफिक व्यवस्थापन गर्नेलगायत आश्वासन छर्न थालेका हुन्। उम्मेदवारहरूले जनताको भोट तान्न विकासे आश्वासन बाँड्ने पुरानै चलन हो। गाउँगाउँमा उम्मेदवारले बढीजसो बाटोघाटो, खानेपानी, भवननिर्माणजस्ता विकासे पूर्वाधारका काम गरिदिने आश्वासन बाँडिरहेका हुन्छन्। चुनाव […]