बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणाली अन्तर्गतको निर्वाचन नीति प्रधान र व्यक्ति गौण हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, चुनाव पञ्चायतकालीन व्यक्तिगत पराक्रमको खेल जस्तो भएको छ, चुनावी नारा र पारामा त्यतिबेलादेखिको भूतले छाडेको छैन । पार्टीहरू बीचको भिन्नता पञ्चायतका गुटहरूको जत्तिको पनि हुन छाडेको छ ।