विकासे योजनाका लागि हिउँ छिचोल्दै सदरमुकाम पुगे लिमीका स्थानीय

सिमकोट– चालु आर्थिक वर्षका लागि तीन वटा विकासे योजनाको सम्झौता गर्न हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन्। तीन दिन लगाएर ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम आइपुगेको लिमी हल्जी गाउँका स्थानीय खेन्डाप तामाङले बताए। चैत महिना सकिनै लाग्दा […]

सम्बन्धित सामग्री

सेनाले ट्र्याक खुलाएर असारसम्ममा सिमकोटमा सडक पुर्‍याउने

काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरू गर्ने भएको हो । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोलन बाँकी रहेकोमा ७ किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो । ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ । विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए । सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए । सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो । ‘सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौं,’ प्रमुख लामाले भने । केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरूले चालू आवमा समेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए । केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए । अहिले अरू कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ ।    यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो । बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए । सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ । अहिलेसम्म ट्र्याक खुलिसकेको सडक ८ मिटर चौडाइको छ । यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ । सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए । सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर ८ मिटर नै चौडा बनाइनेछ । सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए । चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ । सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन । ‘नेपाल सरकारको बजेटबाटै स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ।    स्थानीयवासीलाई मनाएर ट्र्याक खुलाइने गरिएको छ । हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५÷१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ । अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माणमा ढिलाइ भएको योजनाले बताएको छ । उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाइ भएको थियो । उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए । सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ । लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ । सोमध्ये पनि सबैभन्दा अफ्ठ्यारो भाग सेनाको कर्णाली कोरिडोर विकास निर्माण दलले खुलाउनेछ । रासस

हिमपातपछि रोकिए निर्माण

दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको जानकारी दिनुभयो।