मैत्रीपूर्ण फूटबल खेलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फूटबल खेल भएको छ ।  खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो ।  खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए । सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले १/१ गोल गरे । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा मंगलवार भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र सम...

सम्बन्धित सामग्री

रोहितको टिमलाई ‘ट्रोफियो रोनाल्डिन्हो’को उपाधि

काठमाडौं, असार १३ । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मेलित पेर्सिक एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ नाम दिइएको मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रोहित सम्मीलित पेर्सिकले रोनाल्डिन्होको टिम रेन्स नुसनतारालाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गरेको हो । मलाङका भएको खेलको खेलको निर्धारित ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि […]

मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबलमा नेपाल विजयी

मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट ५५औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । खेल अवधिभर मोरिससले कुनै गोल गर्न सकेन । विमलको गोलसँगै नेपालले जीत हात पारेको छ ।

मोरिससविरुद्ध नेपाल : विमल घर्तीमगरको पहिलो गोल

मौरिससविरुद्ध घरेलु मैदानमा मैत्रीपूर्ण फूटबल खेलिरहेको नेपालले अग्रता लिएको छ । खेलाडी विमल घर्तीमगरले ५५औं मिनेटमा पहिलो गोल गरेपछि नेपालले अग्रता लिएको हो । पहिलो हाफसम्म बराबरी भएको खेलमा नेपालले ५५औं मिनेटमा अग्रता लिएको छ । मोरिससले हालसम्म गोल गर्न सकेको छैन ।

सुखद नजिताको लक्ष्यसहित मोरिसससँग भिड्दै नेपाल

पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिवार नेपालले पहिलो मैत्रीपूर्ण फूटबल खेल खेल्दैछ । २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ । भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ । केही हप्तादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ । खेलको अघिल्लो दिन शुक्रवार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिवार मोरिससविर...

पहिलो पटक मोरिसस फुटबल टोली नेपालमा

माघ १५ र १८ गते हुने मैत्रीपूर्ण फूटबल प्रतियोगिताकालागि अफ्रिकी राष्ट्र मोरिससको राष्ट्रिय फूटबल टोली नेपाल आइ पुगेको छ।...

मैत्रीपूर्ण फूटबलमा नेपालले भारतविरुद्ध १ गोल गर्दै अग्रता

नेपाल–भारत मैत्रीपूर्ण फूटबल खेलमा नेपालले १ गोल गर्दै अग्रता लिएको छ । काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फूटबल खेल भइरहेको छ । खेलमा अन्जन विष्टले १ गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । लक्की ड्रमा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो । सुनिल क्षेत्रीको कप्तानीमा भारतले नेपालसँग भिड्दैछ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ चलिरहेको छ ।