मैत्रीपूर्ण फूटबलमा नेपालले भारतविरुद्ध १ गोल गर्दै अग्रता

नेपाल–भारत मैत्रीपूर्ण फूटबल खेलमा नेपालले १ गोल गर्दै अग्रता लिएको छ । काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फूटबल खेल भइरहेको छ । खेलमा अन्जन विष्टले १ गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । लक्की ड्रमा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो । सुनिल क्षेत्रीको कप्तानीमा भारतले नेपालसँग भिड्दैछ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ चलिरहेको छ ।

सम्बन्धित सामग्री

गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ। कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका…

एमबाप्पेले गरे २ गोल, कुल गोल संख्यामा मेस्सीलाई उछिने, खेल बराबरीमा

फ्रान्सका केलियन एमबाप्पले २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका छन् भने कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् । पहिलो गोल पेनाल्टीमार्फत गरेका एमबाप्पेले लगत्तै दोश्रो गोल गरेका हुन् । अहिलेसम्म विश्वकपको एउटै सिजनमा सबैभन्दा धेरै गोल भने ब्राजिलका रोनाल्डोले गरेका थिए । उनले […]

विश्वकपमा क्यानडाको पहिलो गोल, ६८ सेकेण्डमै डेभिसले गोल गरे

काठमाडौं । क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो पहिलो गोल गरेको छ । कतारमा जारी विश्वकप अन्तर्गत आइतबार क्रोएसिया विरुद्धको खेलको सुरुमै क्यानडाले गोल गर्दै अग्रता लिएको हो । अल्फोन्सो डेभिसले खेल सुरु भएको ६८ सेकेण्डमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो । दोस्रो पटक विश्वकप खेलिरहेको […]

कोष्टारिकाविरुद्ध स्पेनको दुई गोल

समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो । खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । खेलमा कोष्टारिकासँग दबाबमा खेलिरहेको स्पेनको बल पोजिसन ८५ प्रतिशत रहेको छ ।

एनर भ्यालेन्सियाको दोस्रो गोल

एनर भ्यालेन्सियाले कतारविरुद्ध दोस्रो गोल गरेका छन् । ३१ औँ मिनेटमा उनले गोल गरेका हुन् ।यसअघि उनैको गोलको मद्दतले इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको थियो । खेलको १६ औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमा भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

बायर्नको गोल वर्षा

साडियो मानेको दुई गोल प्रेतिर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो मानेले दुई गोल गरे भने ।  लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक एक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्‍याे । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।

पीएसजीमा रामोसको पहिलो गोल

डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् ।  आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे । स्पेनिस डिफेन्डर यसै सिजन रियल मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । जितपछि पीएसजीले

नेपालद्वारा बराबरी गोल

काठमाडौं, २७ असोज । नेपालले बङ्गलादेशविरुद्ध बराबरी गोल गरेको छ । अञ्जन बिष्टले पेनाल्टीमार्फत् बराबरी गोल गरेका हुन् । साफ च्याम्पियनशिपमा नेपालले महत्वपूर्ण गोल गरेसँगै फाइनलमा पुग्ने देखिएको छ ।

भारतविरुद्ध नेपालको गोल

काठमाडौं, २० भदौ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोल गरेको छ । ८६औं मिनेटमा तेज तामाङले डि बक्सबाहिरबाट कडा प्रहार गरी गोल गरेका हुन् । २-० ले अगाडि रहेको भारतविरुद्ध नेपालले गोल गरी बराबरीको सम्भावनालाई बढाएको छ । यसअघि भारतका फारुक चौधरी र सुनिल क्षेत्रीले गोल गरिसकेका छन् ।

नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले अर्को गोल गरेको छ । नेपालका खेलाडी नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा पहिलो गोल भने अञ्जन विष्टले गरेका थिए ।  मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाईअञ्जनले गोल गरेका हुन् ।