मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबलमा नेपाल विजयी

मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट ५५औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । खेल अवधिभर मोरिससले कुनै गोल गर्न सकेन । विमलको गोलसँगै नेपालले जीत हात पारेको छ ।

सम्बन्धित सामग्री

मोरिससविरुद्ध नेपालको दोस्रो जित: मैत्रीपूर्ण खेलमा चार रातो कार्ड !

मोरिससविरुद्ध तनावपूर्ण बनेको मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो । खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो। मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले पहेंलो कार्ड पाएका हुन् ।

मोरिससविरुद्दको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी, बिमलको गोल नै निर्णायक

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले मोरिसस बिरुद्द १-० गोल अन्तरले विजयी भएको हो । खेलको ५५ औ मिनेटमा बिमल घर्ति मगरले गरेको गोल नै निर्णायक भयो । बिमलले २ वर्षपछि टोलीमा कम ब्याक गरेका हुन् ।  नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा जित निकालेको हो । नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेलेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । मोरिससले नेपालसँगको खेल कठिन हुने बताएका थिए । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका थिए। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका थिए। खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश गराईएको थियो  । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल आज

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज शनिवार हुदै छ । आज दशरथ रंगशाला स्थित घरेलु मैदानमा बेलुका ४:४५ बजे खेल हुन लागेको हो।नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेल्न लागेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । मोरिससले नेपालसँगको खेल कठिन हुने बताएको छ । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका छन् । उनले २ वटा खेलको लागि २ फरक टिमको घोषणा गरेका छन् । खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश पाउने छन् । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।