पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिवार नेपालले पहिलो मैत्रीपूर्ण फूटबल खेल खेल्दैछ ।
२ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ ।
भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ ।
केही हप्तादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ । खेलको अघिल्लो दिन शुक्रवार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिवार मोरिससविर...