सर्वोत्तम सिमेन्टको आईपीओ : मूल्य गोप्य बोलपत्रबाट तय हुने

बैशाख १६, काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को मूल्य सीमा निर्धारणको विषय टुंगो लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न गोप्य (शिलबन्दी) बोलपत्रमार्फत मूल्य निर्धारण गर्ने भएको हो । यसका लागि बिहीवार धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनीबीच सम्झौता भएको छ । यस विधिमार्फत आईपीओको मूल्य निर्धारणका लागि बजार सञ्चालकले स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । उक्त प्रणाली निर्माण नभएसम्मका लागि कम्पनीले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।  सोही व्यवस्था कार्यान्वयन गर्दै सर्वोत्तमको आईपीओ जारी गर्ने सम्झौता भएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । तत्काल नेप्सेले स्वचालित विद्युतीय बोलकबोल प्रणाली निर्माण गर्न नसक्ने अवस्थामा विकल्पका रूपमा रहेको गोप्य शिलबन्दी बोलपत्र विधि प्रयोग गरी बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न सकिने पराजुलीले बताए । निर्देशिकामा स्वचालित विद्युतीय प्रणाली निर्माण गर्नुपर्ने व्यवस्था भए पनि हालको अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत नै आईपीओ जारी गर्दा प्रभावकारी हुने उनको भनाइ छ । मूल्य सीमा निर्धारणको विषय टुंगो लागेसँगै अब ढिला नगरी प्रक्रिया अघि बढाउने विक्री प्रबन्धकको मुख्य जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले १ वर्षभन्दा बढी समयदेखि अल्झिएको विषयलाई अब ढिला नगरी अघि बढाउनु आवश्यक रहेको बताए । नयाँ तथा प्रभावकारी मानिएको यो विधि अघि बढाउन अग्रसर रहेको सर्वोत्तमको यात्रालाई सफल बनाउन विक्री प्रबन्धकले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । यसै आर्थिक वर्षभित्र कम्पनीको आईपीओ निष्कासन प्रक्रिया पूरा गर्ने गरी काम अघि बढाउने ढकालको भनाइ छ । के हो अबको प्रक्रिया बजार सञ्चालकसँग सम्झौतापछि विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा ‘बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्कासनसम्बन्धी विवरणपत्र’ उल्लेख गर्नुपर्नेछ । उक्त प्रारम्भिक विवरणपत्रउपर योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल सञ्चालन गर्नुपर्ने हुन्छ । छलफल सञ्चालनका लागि तय गरिएको समय र स्थानबारे योग्य संस्थागत लगानीकर्तालाई लिखित रूपमा वा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी जानकारी गराउनुपर्छ । योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम सकिएको ५ कार्यदिनभित्र लिखित रूपमा किन्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरीद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ । कम्पनीले खरीद आशय मूल्य लिँदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्ट्याइएको सम्पूर्ण धितोपत्र विक्री हुने गरी कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट आशयपत्र प्राप्त गनुपर्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ । आधार मूल्य तय भएपछि धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको बढीमा १० कार्यदिनभित्र विक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी हुन आ⋲वानपत्र प्रकाशन गर्नुपर्ने हुन्छ । धितोपत्र बजारले संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी कटअफ मूल्य निर्धारण गर्नुपर्नेछ । कटअफ मूल्य निर्धारण गरेपछि उक्त मूल्य वा त्यसभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम कटअफ मूल्यमै धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कटअफ मूल्यमा १० प्रतिशत छूट दिई निष्कासन गर्नुपर्नेछ । यो विधिमार्फत निष्कासनमा आउने शेयर किन्न सर्वसाधारणले आवेदन दिने न्यूनतम कित्ता ५० छ भने बाँडफाँट गर्दा पनि प्रतिआवेदक न्यूनतम ५० कित्ता पाउने गरी गर्नुपर्नेछ । कम्पनीले निष्कासन गर्ने कित्ता कति ? सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । हाल ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि यो पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले ७५० रुपैयाँ मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम अर्थात् ६७५ रुपैयाँमै शेयर किन्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भिœयाउने उद्देश्यसाथ २०७७ साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ९५ संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् । 

सम्बन्धित सामग्री

उत्पादनमूलक कम्पनीहरूको आईपीओ लहर : २ को आउँदै, अरु ४ पाइपलाइनमा

८ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासन गर्ने लहर चलेको छ । यहीं समूहका दुई कम्पनी सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी रकम जुटाउँदैछन् । तीबाहेक अरु ४ कम्पनी धितोपत्र बोर्डबाट स्वीकृति लिन पाइपलाइनमा छन् । सौर्य सिमेन्ट, मारुती सिमेन्ट, एसवाई प्यानेल र जगदम्बा स्टिल […]

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट

आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बोर्डसँग मागे अनुमति

५ साउन, काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) का लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृत माग गरेका छन् । दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका अनुसार आधार मूल्य तयार गरी बिक्री मूल्यको सीमा समेत निर्धारण गरेर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले […]

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

यो कम्पनीको आईपीओको मूल्य ७५० रुपैयाँ किन ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ । यसका लागि कम्पनीको अंकित मूल्य  ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ । कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्‍याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ । यी हुन् आधारहरू १) कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ  ।   २) कम्पनी...