कञ्चनपुर : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन्। बिहीबार महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सृजना भएको बताए।‘बादशाहको बादशाही अब रहँदैन’, उनले भने, ‘कहाँ पुर्याउँछौं‚ हेर्दै जानोस्।’ पाँच राजनीतिक दलको गठबन्धन चुनावसम्म रहने उनले बताए। अध्यक्ष नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन समेत दिएका छन्।