नेपाल किन समृद्ध र विकसित बन्न सकेन ? किन नेपाल गरिबको गरीब छ ? किन नेपाल बन्न सकेन ? हरेक दिन नेपालीहरुलाई छाया जस्तै पछ्याइरहने चार शब्दको यो सवाल जति सरल लाग्छ, त्यसको उत्तर भने सरल र सहज छैन ।त्यसो त सरकारका मन्त्री र सचिवहरुले मुलुकभित्र र बाहिर नियमितजसो हुने गोष्ठी, सेमिनार र फोरमहरुमा मुलुक प्रगतिपथमा अग्रसर भएको रंगीन प्रतिवेदनहरू प्रस्तुत गरेको पाइन्छ । त्यस्ता प्रतिवेदनहरू आफ्नो पद र जागिर जोगाउने उपक्रम मात्र हुन् भन्नेमा कोही पनि भ्रममा छैन ।वास्तविकता त यो हो कि नेपाल संसारकै