नेपाल एसबीआई बैंक, सीता प्यालेस होटेल र सीता प्यालेस होलिडे इन प्रालिबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडेमा कार्ड प्रयोग गर्दा छुट पाउने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न […]
काठमाडौं,४ साउन । नेपाल एसबीआई बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र […]
काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुलाई नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गराउने भएको छ ।
काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो भएको छ ।
उक्त पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । आईक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई सो पुरस्कार प्रदान गरेका हुन् । हाल बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखारहित बैंकिङ, १२२ एटीमए तथा १ कर्पोरेट कार्यालय गरी १२१ आउटलेटबाट बैंकिङ सेवा दिँदै आएको छ ।
काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसीका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता आदान–प्रदान भएको हो । सम्झौताअन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टीलगायत सुविधा उपलब्ध हुनेछ ।
काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमि
काठमाडौं । नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदी ट्रेडिङका ग्राहकहरूलाई टाटा गाडिको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका बद्रीलाल अमात्य तथा सिप्रदीका अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।
काठमाडौं (अस) । नेपाल एसबीआई बैंक बेस्ट कर्पोरेट बैंकिङ सोलुसन्स् नेपाल अवार्ड २०२१ बट सम्मानित भएको छ । बेलायतको लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल (सीएफआई) द्वारा नेपाल एसबीआई बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
उत्कृष्ट कार्य सम्पादनको आधारमा बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक रूपमा यस्तो पुरस्कार दिइने गरेको बैंकले बताएको छ । सन् ११९३ मा स्थापित नेपाल एसबीआई बैंकले १० लाखभन्दा बढी ग्राहकलाई ११८ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।