रैराङ हाइड्रोपावरद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

मंसिर २२, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६० प्रतिशत नगद लाभांश (करसहित) खातामा पठाउनका लागि बैंक खाता अद्यावधिक गराउन भनेको हो ।कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुने पनि बताएको छ । साथै कम्पनीले हालसम्म पनि शेयर भौतिक रुपमा राखेका शेयरधनीलाई यथाशिघ्र शेयर अभौतिकीकरण गराउन पनि भनेको छ ।

सम्बन्धित सामग्री

हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रवार सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना २२ पुसमा परिपक्क भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो । बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम गत १३ चैतदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम

बुटवल पावरले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

फागुन १०, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखि नै वितरण गर्न शुरु गरेको बताएको छ । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथाशिघ्र गराउन कम्पनीले भनेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो ।

चिलिमे जलविद्युतले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउने अनुरोध

माघ १४, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले माघ ५ गतेदेखि नै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुरु गरेको हो । कम्पनीको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथाशिघ्र गराउने समेत कम्पनीले भनेको छ ।  कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै कम्पनीले जम्मा गर्नेछ । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।  उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

पुस ४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुुरु गरेको हो ।  कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।  हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शिवम् सिमेन्ट्सद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

मंसिर १०, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश (करसहित ) पठाउनका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न भनेको हो । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा कात्तिक २३ गतेदेखिनै लाभांश पठाएको भन्दै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनी र हालसम्म पनि आफ्नो शयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन भनेको हो ।  शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कोष व्यवस्थापन कम्पनीद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

कात्तिक २६, काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत शेयरधनीहरुको खाता नम्बर नभएका कारण वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने जानकारी गराएको हो  ।

युनिलिभर नेपालद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

असोज १०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।  शेयरधनीहरुले शेयर अभौतिकरण गरी हितग्राही खाता खोेलेपछि मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं वा अन्य कुनै निक्षेप सदस्यकोमा हितग्राही खाता खोल्न अनुरोध गरेको छ ।  कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

युनिलिभर नेपालद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

भदौ २०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।  कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते पारित गरेको ५ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामै नगद लाभांश जम्मा गरेको जानकारी दिएको हो । उक्त मितिपछि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउने भएकाले हालसम्म बैंक खाता […]

बैंकको केवाइसी विवरणको सास्ती, अद्यावधिक नगरे खाता 'फ्रिज'

वर्षौंदेखि कारोबार नभएको निक्षेप खाता र ग्राहकको पूर्ण विवरण समेत नभएको अवस्थामा यस्ता खाता फ्रिज हुन्छन्। बैंक खाता फ्रिज भइसकेपछि तपाईंले रकम झिक्न पाउनुहुन्न।