कात्तिक २६, काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत शेयरधनीहरुको खाता नम्बर नभएका कारण वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने जानकारी गराएको हो ।