भदौ २०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।
कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।